ad ad

राजनीति


जनयुद्ध र जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गर्न अनेरास्ववियूको माग

जनयुद्ध र जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गर्न अनेरास्ववियूको माग

नेपालखबर
साउन १८, २०७७ आइतबार १०:२३,

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले संघीय गणतन्त्रका प्राप्तिका निम्ति भएका जनयुद्ध, जनआन्दोलन लगायतका न्यायपूर्ण आन्दोलनका सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ।

आइतबार दस वर्षे जनयुद्धका क्रममा गोली लागि घाइते भएर हाल क्यान्सरविरुद्ध लडिरहेका तत्कालीन माओवादी सम्वद्ध जनमुक्ति सेनाका कम्पनी कमान्डर नैनवहादुर तामाङ ‘जमिन’लाई भेट्ने क्रममा अनेरास्ववियूले सो माग गरेको हो।

हाल भक्तपुरको सूर्यविनायकस्थित भाइको डेरामा बसिरहेका तामाङलाई भेट्न आइतबार अनेरास्ववियूका संयोजक रञ्जित तामाङ, नेता सुरेन्द्र बस्नेत , पवन कार्की, केशव रावल र जनयुद्धका घाइते संघका महासचिव भक्तराज थापासहितको टोली पुगेको थियो।

तामाङ १० वर्षे सशस्त्र जनयुद्धका क्रममा भोजपुर सदरमुकाममा भएको भिडन्तका क्रममा घाइते भएका हुन्। गोली लागेकै घाउका कारण उत्पन्न क्यान्सर रोगसँग हाल उनी कठिन संघर्षमा रहेका छन्। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका निवासी तामाङ त्यतिबेला तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमान्डर थिए।

भेटमा अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङले परिवर्तनका लागि भएका जनआन्दोलन र जनयुद्धका सम्पूर्ण घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। घाइते तामाङलाई अनेरास्ववियूको तर्फबाट समेत यथासक्य सहयोग गर्ने उनले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .