ad ad

समाज


जेष्ठ नागरिक र बालबालिकालाई घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

जेष्ठ नागरिक र बालबालिकालाई घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालखबर
साउन १८, २०७७ आइतबार १०:४१,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको महामारी तीव्र रुपमा फैलिँदै गएको भन्दै जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कोरोनाको महामारी तीव्र बनेको भन्दै ६० वर्षमाथिका वृद्ध र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको हो।

‘६० वर्षमाथिका जेष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिका काठमाडौँ र यस्तै घनावस्ती भएका ठाउँमा घरबाहिर ननिस्कनुहुन अनुरोध छ’, प्रवक्ता गौतमले भने।

उनले कोरोनाबाट बच्न आफ्ना बानीमा सुधार गर्नुपर्ने बताए। नाक र मुख छोप्नेगरी माक्स लगाउने, मस्कलाई डोरीमा समाएर लगाउने र झिक्ने, कपडाको माक्स हरेक दिन धाएपछि मात्र प्रयोग गर्ने, अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्न, दूरी कायम गरेर बस्ने, जथाभावी नथुक्ने गरेमा कोरोनाबाट बँच्न सकिने उनको भनाइ छ।

उनले कोरोना प्रभावित वीरगजन्ज र जनकपुरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहको नेतृत्वको टिम वीरगन्ज पुगिसेकेको जनाकारी दिए। उनले आवश्यकताअनुसार थप स्वास्थ्ययकर्मी पठाउने तयारी भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .