ad ad

राजनीति


प्रचण्डको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकमा चार पूर्वमाओवादी नेता अनुपस्थित

प्रचण्डको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकमा चार पूर्वमाओवादी नेता अनुपस्थित

नेपालखबर
साउन १३, २०७७ मंगलबार १०:३८,

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा बसेको नेकपा बहुमत स्थायी कमिटी सदस्यहरुको बैठकमा पुर्वमाओवादी केन्द्रका चार सदस्य अनुपस्थित रहेका छन्।

बालुवाटारमा मंगलबार बसेको बैठकमा पूर्वमाओवादी तर्फका गृहमन्त्री रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट सहभागी नभएको एक नेताले जानकारी दिए।

नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा पुर्व माओवादीतर्फका १८ जना सदस्य छन्। तीमध्ये मंगलबारको बैठकमा ४ जना अनुपस्थित रहेका हुन्।

‘उहाँहरु चारजना उपस्थित हुनुभएन, निर्णायक मोडमा उहाँहरुको अनुपस्थितिलाई हामीहरुले गम्भीर रुपमा लिएका छौं,’ बैठकमा सहभागी ती नेताले भने।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेका थिए। सो बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायत २९ जना स्थायी कमिटी सदस्य र दुईजना आमन्त्रित सदस्य उपस्थित थिए।

बैठकमा प्रचण्डले ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेकोप्रति असन्तुष्ट जनाउँदै बैठकमा सहभागी हुन आग्रह गरेपनि ओलीले सहभागी नभएको जानकारी गराएका थिए।

‘मैलै ओलीजीलाई बैठकमा सहभागी हुनुस् बैठक नरौकौं भनेर भन्न गएको थिएँ, उहाँले म सहभागी हुन्न भन्नुभयो,’ प्रचण्डको भनाई उद्धृत गर्दै ती नेताले थपे।

याे पनि:

प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भन्दै नेकपा नेताहरु पुगे बालुवाटार
यस्तो छ नेकपा संसदीय दलको गणित, को सांसद कता? (सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .