ad ad

राजनीति


अमेरिकाको चिनियाँ दूतावासमा लुकेको भनिएकी ‘जनमुक्ति सेनाको वैज्ञानिक’ गिरफ्तार

अमेरिकाको चिनियाँ दूतावासमा लुकेको भनिएकी ‘जनमुक्ति सेनाको वैज्ञानिक’ गिरफ्तार

नेपालखबर
साउन १०, २०७७ शनिबार ६:४०,

शुक्रबार ताङ पक्राउ परेको अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिका प्रवेश गर्ने क्रममा ताङले अमेरिकी अधिकारीहरुलाई आफ्नो सम्बन्ध चिनियाँ जनमुक्ति सेनासँग नभएको बताएकी थिइन्।

 चिनियाँ जनमुक्ति सेनाको पहिरन लगाएको फोटो उनको साथमा देखेपछि उनीमाथि अमेरिकी अधिकारीले अनुसन्धान गरेका थिए तर उनले अध्ययनका क्रममा त्यस्तो पहिरन लगाएको प्रतिक्रिया जनाएकी थिइन्।

तर अनुसन्धान गर्दा उनी चिनियाँ जनमुक्ति सेनाको वैज्ञानिक भएको पत्ता लागेको थियो। एफबीआइले अनुसन्धानका क्रममा उनको सम्बन्ध जनमुक्ति सेनासँग भएको बताएको थियो।

उक्त अनुसन्धानपछि उनी जनु २० मा सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावास गएको अमेरिकाको भनाइ थियो। चिनियाँ जनमुक्ति सेनासँग सम्बन्ध भएको पाएपछि उनलाई अमेरिकी अधिकारीहरुले खोजिरहेको थियो।

सो क्रममा अमेरिकाले सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासले ताङलाई लुकाएको आरोप पनि लगाएको थियो। ताङ गिरफ्तार भएको जानकारी दिएपनि अमेरिकाले उनलाई कहाँबाट र कसरी पक्राउ गरेको भनेर खुलाएको छैन।

ताङलाई अदालतमा लाने तयारी थालिएको बताइएको छ।

अमेरिकी अदालतका अनुसार ताङ गत वर्षको डिसेम्बर महिनामा ‘क्यान्सर उपचार’ अनुसन्धानका लागि अमेरिका आएकी थिइन्। उनले युनिभर्सिटी अफ क्यालिफोर्नियामा अध्ययन गर्ने तय भएको थियो। तर त्यसबेला उनले आफ्नो सम्बन्ध चिनियाँ जनमुक्ति सेनासँग भएको विषय लुकाएकी थिइन्।

उनले आफूले जनमुक्ति सेनामा सेवा गरेको विषय एफबीआइसँग पनि लुकाएकी थिइन्। एफबीआइका अनुसार ताङ चिनियाँ हवाई सेनासँग सम्बन्धित छिन् र उनी त्यहाँकी अनुसन्धाकर्ता हुन्।

चीनले जुआनजस्ता अन्य वैज्ञानिकहरु पनि अमेरिका पठाएको अमेरिकी आशंका छ। यस विषयमा चीनबाट कुनै प्रतिक्रिया आएको छैन।

कोरोना भाइरस प्रकोपबीच अमेरिकाले कोरोनाविरद्धको खोप बनाइरहँदा चीनले सूचनामा पहुँच पाउन ह्याकरहरु खटाएको हालै अमेरिकाले आरोप लगाएको थियो।

अमेरिका र चीनबीच हाल राष्ट्रिय सुरक्षा, प्रविधि, व्यापार लगायतका विषयमा विवाद जारी छ।

अमेरिकाले हालै ह्युस्टनस्थित चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएयता यी दुई देशबीचको विवाद झनै चर्को बनेको छ।

यसबीचमा चीनले पनि जस्तालाई त्यस्तै नीति अबलम्ब गर्दै छेन्दुस्थित अमेरिकाको महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ। एजेन्सी

यो पनिः अमेरिका र चीनबीच शीतयुद्ध सुरु भएको विन्दु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .