ad ad

राजनीति


पूर्वमाओवादी नेताहरु प्रचण्ड निवासमा, पार्टीको गतिरोधबारे छलफल

पूर्वमाओवादी नेताहरु प्रचण्ड निवासमा, पार्टीको गतिरोधबारे छलफल

नेपालखबर
साउन ५, २०७७ सोमबार ५:४६,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको गतिरोध अन्त्यका लागि छलफललाई तीव्रता दिएका छन्।

आइतबार सचिवालयका ५ जनासहित १४ स्थायी कमिटी सदस्यसंग परामर्श गरेका प्रचण्डले सोमबार बिहानै पुर्वमाओवादी केन्द्रका स्थायी कमिटी सदस्यसंग खुमलटार निवासमा छलफल गरेका हुन्।

शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

सो प्रस्तावमाथि प्रचण्डले समर्थन जनाएको समाचार सार्वजनिक भएपछी प्रचण्डको सचिवालयले त्यसको खन्डन गरेको थियो।

उता वरिष्ठ नेता माधवकुमार नेपालले समेत दुई अध्यक्ष मात्रै मिलेर, चोचोमोचो गर्न खोजे नमान्ने र राष्ट्रब्यापी कार्यकर्ता भेला गर्ने चेतावनी दिएका थिए।

त्यसपछि प्रचण्डले आइतबार वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत १४ जना स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेर आफुले सो समूह छोडेर ओलीसँग कुनै सहमति नगर्ने प्रतिबद्धता जनाएका थिए।

सोमबारको छलफलमा पुर्व माओवादीका सबै स्थायी कमिटी सदस्य सहभागी रहेको एक नेताले बताए।

जनार्दन शर्मा, रामबहादुर थापा र लेखराज भट्टले काम परेर आफूहरु सो छलफलमा आउन नसकेको सन्देश पठाएको एक नेताले जानकारी दिए।

यसैबीच, शर्माले ट्विट गर्दै पार्टी एकताका लागि परेको बताएका छन्। नौ बजेदेखी छलफल भएको हो।

नेता नेपालसंग परामर्श गरेरै प्रचण्डले भेटघाट गरिरहेका उनकाे सचिवालय स्राेतले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .