ad ad

राजनीति


‘स्विस बैंकमा प्रधानमन्त्रीकाे ५५ लाख डलर छ’ भन्ने अनलाइनलाई कारबाही गर्न सल्लाहकारको माग

‘स्विस बैंकमा प्रधानमन्त्रीकाे ५५ लाख डलर छ’ भन्ने अनलाइनलाई कारबाही गर्न सल्लाहकारको माग

नेपालखबर
असार ३१, २०७७ बुधबार ३:९,

‘स्विस बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ५५ लाख डलर जम्मा गरेको’ भनेर ‘भ्रामक’ खबर प्रकाशन गर्ने पत्रकार/अनलाइनलाई कडा कारबाही गर्न प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सम्बन्धित निकायसँग माग गरेका छन्।

बुधबार बिहान फेसबुकमार्फत ‘प्रेस नोट’ प्रकाशन गर्दै प्रेस सल्लाहकार थापाले ‘ग्लोबल वाच एनालाइसिसको हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झुटा सम्प्रेण’प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

‘तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु। जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरूको रवैया खेदजनक छ,’ प्रेस नोटमा उनले सल्लाहकार थापाले लेखेका छन्, ‘आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु। र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न मागसमेत गर्दछु।’

हेराैँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा सार्वजनिक गरेकाे प्रेस नाेट:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .