ad ad

राजनीति


गंगलालमा नियमित स्वास्थ्य परीक्षणपछि बालुवाटार फर्किए प्रधानमन्त्री ओली

गंगलालमा नियमित स्वास्थ्य परीक्षणपछि बालुवाटार फर्किए प्रधानमन्त्री ओली

नेपालखबर
असार १७, २०७७ बुधबार १२:३०,

 नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल हृदयरोग केन्द्र बाँसबारी पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली गंगलाल अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका लागि गएको र परीक्षणपछि निवासमा फर्किसकेको जानकारी दिए।

‘प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सहिद हृदय केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नु भएको छ’, सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन्।

प्रधानमन्त्री ओलीको गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको केही वर्ष पहिले नै पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

दुई पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण गरिरहनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .