अमेरिकाले नेपाललाई कोरोना विरुद्ध लड्न साढे चार लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।
अमेरिकी राजदुत रेन्डी बेरीले बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापालाई सो सामग्री हस्तान्तरण गरे।
सो अवसरमा प्रधानसेनापति थापाले मित्रराष्ट्र अमेरिकाको सहयोग प्रति आभार प्रकट गरेका थिए। प्राप्त स्वास्थ्य सामग्रीले कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ।
3
Shares
प्रतिक्रिया