ad ad

राजनीति


मोदीलाई सोनिया गान्धीको प्रश्नः भारतको गुप्तचर संयन्त्र फेल भएको हो?

मोदीलाई सोनिया गान्धीको प्रश्नः भारतको गुप्तचर संयन्त्र फेल भएको हो?

नेपालखबर
असार ५, २०७७ शुक्रबार १४:१०,

लद्दाखमा भारत–चीन सैन्य झडपपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक राखेका छन्।

सो बैठकमा विपक्षी दल कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले भारतको गुप्तचर संयन्त्रमाथि प्रश्न उठाएकी छन्।

‘हाम्रा गुप्तचर एजेन्सीहरुले वास्तविक नियन्त्रण रेखामा कुनै असामान्य क्रियाकलापको रिपोर्ट दिएनन्?’ गान्धीले प्रश्न गरिन्, ‘के एलएसीमा चीनले ठूलो संख्यामा सेना ल्याएको सैन्य गुप्तचर एजेन्सीले रिपोर्ट दिएन? के यो गुप्तचर संयन्त्रको असफलता हो?’

गान्धीले सर्वदलीय बैठक बस्न ढिला भएको भन्दै मोदी सरकारको आलोचना पनि गरिन्।

यद्यपि सीमा संकटमा आफ्नो दल पूर्ण रुपमा सरकारको साथमा रहेको उनको भनाइ थियो।

जुन १६ मा लद्दाखमा भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए। त्यस्तै चिनियाँ सेनाको नियन्त्रणमा रहेका १० सैनिक बिहीबार साँझ मुक्त भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .