ad ad

राजनीति


प्रधानमन्त्री ओली र प्रचण्डले सुरु गरे नागरिकता बिधेयकबारे परामर्श

प्रधानमन्त्री ओली र प्रचण्डले सुरु गरे नागरिकता बिधेयकबारे परामर्श

नेपालखबर
असार ५, २०७७ शुक्रबार १२:०,

सत्तारुढ नेकपाका दुई प्रमुख नेताले नागरिकता विधेयकमाथि पार्टीका महिला सांसद लगायतसँग छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका सांसदहरुलाई शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार बोलाई छलफल गरेका हुन्।

लामो समयदेखि संसदमा रोकिएको नागरिकतासम्बन्धी विधेयक पारित गर्नको लागि संसदको राज्य व्यवस्था समितिले सरकारलाई ५ दिनभित्र समाधान दिन आग्रह गरेको छ।

नागरिकता विधेयकमाथि सहमति जुट्न नसक्दा सो बिधेयक समितिमै अड्किएको छ।

खासगरी वैवाहिक अंगीकृत नागरिकताका विषयमा सहमति जुट्न नसकेको हो।

नेपाली नागरिकसँग विहे गर्ने विदेशीलाई दिने नागरिकता सम्बन्धी प्रावधानमा सांसद र दलहरुबीच एकमत हुन नसक्दा सो विधेयक अहिले राज्य व्यवस्था समितिमा अड्किएको हो।
नेपाली कांग्रेसले पुरानै प्रावधानलाई निरन्तरता दिनुपर्ने बताएको छ।

ओली र प्रचण्डले विधेयकमाथि आफ्ना पार्टीका सांसदहरुको धारणा र राय सुझाव माग गर्न छलफल कार्यक्रम राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सो छलफलमा महिला नेतृहरु पम्फा भुसाल, शशी श्रेष्ठ, यशोदा सुवेदी, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी र शान्ता चौधरी छन् भने नेकपाका नेताहरु सुवास नेम्वाङ र देव गुरुङ लगायत सहभागी छन्।

शशी श्रेष्ठ राज्य व्यवस्था समितिको सभापति पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .