ad ad

राजनीति


अनुचित घेराबन्दीमा नफस्न आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन

अनुचित घेराबन्दीमा नफस्न आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन

नेपालखबर
असार २, २०७७ मंगलबार १०:४७,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसँग आज (मंगलबार) छलफल गरेकी छन्।

त्यस अवसरमा निश्चिन्त भएर काम गर्न आग्रह गर्दै उनले समयको महत्व बुझेर काम गर्न र बढी समय लिएर भएपनि पूर्ण प्रतिवेदन दिन निर्देशन दिइन्।

‘बरु बढी समय लिनुस् तर प्रतिवेदन पूर्ण बनाएर दिनुस्। पूर्ण भएन भने मन्त्रालयले एक्सन लिन सक्दैन’, मन्त्री अर्यालले भनिन्।
आयोगले नै सबै काम, प्रकृया पुर्‍याएर मन्त्रालयलाई हस्तान्तरण गरेपछि मन्त्रालय एक्सनमा जाने उनले बताइन्।

आयोगले गर्ने कामहरु निकै असजिलो भएको भन्दै मन्त्री अर्यालले लोभ, लाभलाई टाढै राखेमा काम गर्न सजिलो हुने बताइन्।

उनले भनिन्, ‘अनुचित मान्छेहरुलाई व्यवहारले नै पन्छाउने हो। अन्य मान्छेमार्फत प्रयत्न गर्छन् त्यसलाई मेरो त्यो एजेण्डा नै होइन भनेपछि छलफल नै चल्दैन। यसो गर्दा नै घेराबन्दीबाट मुक्त हुन सकिने रहेछ।’

यो आयोग पनि धेरै घेराबन्दी हुने आयोगहरुमध्ये भएको भन्दै उनले विगतमा इन्ट्रेष्ट राखेर नै गलत कामहरु गरिएका कारण सरकार त्यसलाई फर्काउन लागिरहेको उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .