ad ad

राजनीति


पीसीआर परीक्षण बढाउन माग गर्नु सरकारको विरोध होइनः सांसद रायमाझी

पीसीआर परीक्षण बढाउन माग गर्नु सरकारको विरोध होइनः सांसद रायमाझी

नेपालखबर
जेठ २८, २०७७ बुधबार १०:४४,

सांसद रमेशजंग रायमाझीले आरडीटी परीक्षण आवश्यक नभएकोले पीसीआर परीक्षण गर्न सरकारलाई सचेत गराउँदा विरोध गरेको नसम्झिन आग्रह गरेका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रायमाझीले जनताले महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाब दिनुपर्ने बताए। उनले सरकारको ‘पर्फोमेन्स’ सन्तोषजनक नभएको भन्दै पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दा सरकारको विरोध गरेको अर्थमा लिइएको बताए।

उनले प्रधानमन्त्री आफू लक डाउनमा बसेका कारण सम्पूर्ण देशलाई लक डाउनमा राखेको आरोप पनि लगाए।

उनले भने, ‘सरकारको कार्य सम्पादन राम्राे छैन। प्रधानमन्त्री विरामी हुनुभयो। लक डाउनमा पर्नुभयो। सबै जनतालाई लक डाउनमा राख्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .