ad ad

राजनीति


दक्षिण कोरियालाई शत्रु भन्दै उत्तरले सबै किसिमको संचार बन्द गर्‍यो

दक्षिण कोरियालाई शत्रु भन्दै उत्तरले सबै किसिमको संचार बन्द गर्‍यो

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ७:१,

उत्तर कोरियाले दक्षिण कोरियालाई शत्रु भन्दै सबै किसिमको संचार बन्द गर्ने निर्णय गरेको केसीएनएलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

दुई देशका नेताबीचको हटलाइन पनि बन्द गर्ने उत्तरले बताएको छ। सन् २०१८ यता उत्तर र दक्षिणले दैनिक संचार गर्न सम्पर्क कार्यालय स्थापना गरेका थिए।

मंगलबारदेखि सम्पर्क कार्यालयसँगको सम्पर्क पनि हटाइएको छ। सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएता पनि प्राविधिक रुपमा दुवै देश युद्धमै छन्।

किनभने हालसम्म पनि दुवै देशबीच शान्ति सम्झौता भएको छैन। उत्तरको समाचार संस्था केसीएनएमा भनिएको छ,‘हामी यो निष्कर्षमा पुगेका छौं कि दक्षिणसँग बसेर छलफल गर्नुको कुनै अर्थ छैन, उनीहरुले हामीलाई निराश मात्र बनाएका छन्।’

उत्तरले दक्षिणलाई उत्तरबारे भ्रम फैल्याउने प्रचार गरेको समेत आरोप लगाएको छ। अमेरिकासँगको सम्झौता कार्यान्वयनमा समेत दक्षिणले भूमिका खेल्न नसकेको उत्तरले बताएको छ।

दक्षिण कोरियाकै मध्यस्थतामा उत्तर कोरिया र अमेरिकाबीच सन् २०१८ यता दुईपटक शिखर वार्ता भयो। वार्तापछि उत्तरले क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने वाचा गरेपनि अमेरिकाले उत्तरमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाएको छैन।

पछिल्लो समय उत्तरले क्षेप्यास्त्र परीक्षणलाई तिव्रता दिइरहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .