ad ad

राजनीति


संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल हुँदै

संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल हुँदै

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ६:४९,

प्रतिनिधिसभाको आजको बैठकमा नेपालको अन्तरराष्ट्रिय सीमासहितको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफलको कार्यसूची राखिएको छ।

सरकारले यही जेठ ७ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि सोहीअनुसार नक्शा र निशान छापलाई संविधानको अंग बनाउन सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्न लागिएको हो।

बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट शीर्षकमा मन्त्रालयगत छलफल सकिएपछि संविधान संशोधन विधेयकमाथिको छलफल कार्यसूचीमा राखिएको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्।

यही जेठ ९ गते संघीय संसद् सचिवालयमा दर्ता भएको सो विधेयक जेठ १९ गते सदनमा पेश भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .