संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय परिषद अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ।
जसपाका एक नेताले दिएको जानकारीअनुसार आज आइतबार ३ बजे निर्वाचन आयोग कान्तिपथ पुगेर दल दर्ता गर्न लागिएको हो।
नेताहरुले जसपाको बरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतो रहने सहमति पनि बनेको छ।
वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गर्ने सहमति भएको थियो।
दुई पार्टीबीच भएको सहमतिअनुसार नयाँ गठन गरिने एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिए पनि पार्टी नेतृत्व र पदको बाँडफाँड भने भएको थिएन।
याे पनि:
समाजवादी पार्टी र राजपाबीच मध्यरातमा एकीकरण, किन गरियाे रातारात एकता?
प्रतिक्रिया