कोराना भाइरसको संक्रमणबाट पाकिस्तानको सिन्ध प्रदेशका एक मन्त्रीको निधन भएको छ।
त्यस प्रदेशका मावन व्यवस्थापनमन्त्री गुलाम मुर्ताजा बालोचको मंगलबार मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
उनको मृत्युको पुष्टि गर्दै सिन्धका मुख्यमन्त्री मुराद अली शाहले सिन्ध त्यसले सरकारलाई ठूलो क्षति पुर्याएकाे बताएका छन्।
सिन्ध सरकारका प्रवक्ता मुर्तजा वहाबले पनि ट्विटरमार्फत श्रदाञ्जलि दिएका छन्।
गत मे १४ तारिख उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई कराँचीस्थित एक निजी अस्पतालमा आईसीयूमा राखेर उपचार गरिएकाे थियाे।
प्रतिक्रिया