ad ad

राजनीति


पटक-पटक गिरफ्तारीबारे २४ घण्टा भित्र जवाफ दिन गृहलाई आयोगको पत्र

पटक-पटक गिरफ्तारीबारे २४ घण्टा भित्र जवाफ दिन गृहलाई आयोगको पत्र

नेपालखबर
जेठ १८, २०७७ आइतबार ११:१,

खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ का चक्रबहादुर खत्रीलाई पटक पटक पक्राउ गरिएको भन्दै मानव अधिकार आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ। आयोगले पत्र पठाउँदै सर्वोच्च अदालतबाट पटक पटक जारी भएको आदेशको उल्लंघन गरेको भन्दै २४ घण्टाभित्र जवाफ पठाउन भनेकाे छ।

उनकाे अवस्थाबारे परिवारलाई जानकारी समेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, अपमानजनक व्यवहार गरिएको आयोगको ठहर छ। आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले जारी गरेकाे विज्ञप्तिमा खत्रीको अवस्थाका बारेमा परिवारलाई जानकारी नदिइएकाे उल्लेख छ।

प्रतिवनिधत नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता खत्रीलाई २०७६ वैशाख २ गते पहिलो पटक पक्राउ गरिएको थियो। त्यतिबेला जिल्ला कारागार खोटाङमा राखिएकोमा सर्वोच्च अदालतबाट भएका आदेशहरु विपरित चैत २८, वैशाख १३, वैशाख २८, जेठ २ र जेठ १६ गते छैटौं पटक पक्राउ गरिएको छ। लकडाउनको अवस्थामा खोटाङ, उदयपुर, सोलुखुम्बु हुँदै गत शुक्रबार सिरहा पुर्‍याएको आयोगले जनाएको छ।

‘नेपाल सरकार, स्थानीय प्रशासन र प्रहरीबाट योजनाबद्धरुपमा भएका यस किसिमका स्वेच्छाचारितापूर्ण गिरफ्तारीबाट नेपालको संविधानको धारा १७ (१), धारा २० र धारा १२६ (२) ले प्रत्याभूत गरेका मौलिक एवम् संवैधानिक हक र मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा १०, दफा २०० र दफा २०२ ले प्रत्याभूत गरेको कानुनी हक विपरीत कार्य भएको देखिन्छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ।

नेपालको संवैधानिक एवम् कानुनी व्यवस्था तथा सर्वोच्च अदालतबाट पटक पटक भएका आदेश विपरीत स्वेच्छाचारी रुपमा व्यक्तिलाई पटकपटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरी व्यक्तिको मानव अधिकारको सम्मान र संरक्षण तथा कानुनी शासनको प्रत्याभूत गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .