आज जेठ १५ गते अर्थात् २४० वर्षदेखिको राजतन्त्र अन्त्य गर्दै नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरिएको महत्वपूर्ण दिन। यस अवसरमा प्रधानमन्त्रीदेखि विभिन्न दलका नेतासम्मले शुभकामना सन्देश जारी गरेका छन्।
यसै क्रममा प्रधानमन्त्री ओली बिहीबार बिहानै भिडियोमार्फत तथा उनकै पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्तिमार्फत नेपाली जनतामा शुभकामना सन्देश समर्पित गरेका छन्।
तर प्रधानन्त्री ओलीले आफ्नो सन्देशमा ‘१२औं गणतन्त्र दिवस’ भनेका छन् भने प्रचण्डले ‘१३औं गणतन्त्र दिवस’ भनेका छन्।
२०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्ष पुरानो राजतन्त्र बिदा गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो।
अब गणतन्त्र दिवस १२औं हो वा १३औं, छुट्याउने जिम्मा तपाईंकाे?
प्रतिक्रिया