ad ad

कारोबार


रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित

रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ६:३७,

रसियामा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ)का शिखर सम्मेलनहरु स्थगित भएका छन् ।

रसियाली राष्ट्रपतिको कार्यालयले कोरोनाभाइरस महामारी नियन्त्रणमा नआइसकेको भन्दै उक्त दुवै सम्मेलनका लागि नयाँ मिति घोषणा गरिने जनाएको छ ।

यी बैठकहरु सेन्टपिटर्सबर्गमा आगामी जुलाई २१ देखि २३ सम्म आयोजना हुने गरी तय भएका थिए ।

क्रेमलिनका अनुसार सहभागी मुलुक तथा विश्वव्यापी कोरोनाभाइरसको अवस्था पुनर्मूल्याँकन गरी नयाँ मिति घोषणा गरिनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .