संसदको तल्लो सदन प्रतिनिधि सभाले पनि संसदको लोगो (प्रतीक) नेपालको नयाँ नक्शा अनुसार बनाउने भएको छ।
‘आइतबार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको प्रतिनिधि सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले संघीय संसदको प्रतीक र प्रतिनिधिसभाका सदस्यहरुले प्रयोग गर्दैै आएको प्रतीकलाई नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुुसार परिमार्जन गर्ने निर्णय गरेको छ,’ बैठकपछि सभामुखको सचिवालयले जनाकारी गराएको छ।
सिंहदरबारमा बसेको उक्त बैठकको निर्णय अनुसार संसदको रोष्ट्रममा राखिएको प्रतीक सदस्यहरुले लगाउँदै आएको प्रतीक परिमार्जन हुने समेत सो बैठकले निर्णय गरेको छ।
बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन समेत संघीय संसद सचिवालयलाई निर्देशन दिएको छ।
आइतबार नै त्यसअघि संसदको माथिल्लो सदन राष्ट्रिय सभाले पनि सो प्रतीक परिमार्जन गरी प्रयोग गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया