ad ad

राजनीति


संसदबाट एमसीसी पास भए नीति तथा कार्यक्रममा राजमोको समर्थन रहँदैनः केसी

संसदबाट एमसीसी पास भए नीति तथा कार्यक्रममा राजमोको समर्थन रहँदैनः केसी

नेपालखबर
जेठ ५, २०७७ सोमबार १५:४४,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदबाट एमसीसी पारित गरिए नीति तथा कार्यक्रम प्रति आफ्नो पार्टीको समर्थन नरहने बताएका छन्।

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा एमसीसी पारित गर्ने विषय समावेश गरेकोप्रति आपत्ति जनाउँदै सो नीति र प्रक्रिया दुवैप्रति पार्टीको असहमति रहेको केसीले स्पष्ट पारेका छन्।

सोमबार एक वक्तव्य प्रकाशित केसीले एमसीसी इन्डो प्यासिफिक रणनीतिको एक अंग भएको बताउँदै संसदबाट पारित गर्न नहुने र पारित भए त्यसबाट देशको राष्ट्रियतामा गम्भीर आँच पुग्नुका साथै हाम्रो देश अमेरिकी साम्राज्यवादको पंक्तिमा उभिन पुग्ने छ र हाम्रो असङ्लग्न परराष्ट्रनीति समाप्त हुने बताएका छन्।

राजमोले नीति र कार्यक्रमको एमसीसीसित सम्बन्धित बुँदा नम्बर २११ लाई फिर्ता लिन माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .