ad ad

राजनीति


भारतमा थपियो दुई हप्ता लकडाउन, जेठ ४ सम्म

भारतमा थपियो दुई हप्ता लकडाउन, जेठ ४ सम्म

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १३:१६,

कोरोना महामारी फैलिन नदिन भारतमा लागू लकडाउनको अवधि दुई हप्ता थप गरिएको छ।

भारतको केन्द्रीय सरकारले देशव्यापी रुपमा लकडाउन मे १७ तारिख अर्थात् जेठ ४  गतेसम्म लम्ब्याउने निर्णय गरेकाे हाे। 

यसअघि घोषित लकडाउन मे ३ तारिख पूरा हुँदै छ। भारतको केन्द्रीय गृह मन्त्रालयका अनुसार अब नयाँ लकडाउन मे ४ देखि १७ सम्म लागू हुनेछ। 

कोरोना संक्रमणका हिसाबले ग्रीन जोन अथवा सुरक्षित ठाउँहरुमा भने लकडाउन केही खुकुलो बनाइने भारत सरकारले जनाएकाे छ।

भारतले कोरोना जोखिमकाे अवस्था हेरेर जिल्लाहरुलाई हरियो,रातो र सुन्तला रंगमा वर्गीकरण गरेको छ। कोरोना संक्रमित नभेटिएका,२१ दिनयता कसैमा पनि संक्रमण नदेखिएको जिल्लालाई हरियो मानिएकाे छ भने संक्रमित देखिएको जिल्लालाई रातोमा राखिएएकाे छ। 

यस्तै हरियो वा रातोमा वर्गीकरण नगरिएका जिल्लालाई सुन्तला रंगमा वर्गीकरण गरिएको छ। यही आधारमा लकडाउन कडा तथा खुकुलाे बनाइने भारतकाे गृह मन्त्रालयले जनाएकाे छ। 

शुक्रबारसम्म भारतमा ३५ हजार बढी मानिसलाई काेराेना संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको मृत्यु भइसकेकाे छ। 

नेपालमा लकडाउन सुरु गरिएको चैत ११ गते हो भने भारतले त्यसको भोलिपल्ट लकडाउन लागू गरेको थियो। 

नेपालकाे लकडाउन भने वैशाख २५ गतेसम्म ताेकिएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .