ad ad

राजनीति


कोरोना प्रकोपबीच भएको निर्वाचनमा दक्षिण कोरियाको सत्तारुढ दललाई संसदमा बहुमत

कोरोना प्रकोपबीच भएको निर्वाचनमा दक्षिण कोरियाको सत्तारुढ दललाई संसदमा बहुमत

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ८:३८,

कोरोनाभाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मुन जे–इनको पक्षमा जनलहर देखिएको हो।

राष्ट्रपति मुनको डेमोक्र्याटिक पार्टीले राष्ट्रिय सभामा पूर्ण बहुमत हासिल गरेको छ। विगत १२ वर्षमा संसदमा यसपटक मात्र कुनै दललाई पूर्ण बहुमत प्राप्त भएको हो।

करिब ६६ प्रतिशत मतदान भएको यस पटकको चुनावमा जनसहभागिता दृष्टिले सन् १९९२ यताकै यो सबैभन्दा बढी हो।

केही महिना अघि मात्र मुनमाथि शक्तिको दुरुपयोग गरेको र मुलुकको आर्थिक बृद्धि कमजोर बनेको भन्दै आलोचना हुन थालेको थियो। कतिपय आलोचकले राष्ट्रपति मूनले उत्तर कोरिया मामिलामा चालेका कदमहरु पनि अपरिपक्व रहेको बताउँदै आएका थिए।

तर कोरोना महामारीलाई दक्षिण कोरियाले द्रुत र प्रभावकारी ढंगबाट व्यवस्थापन गरेपछि मुनमाथि जनताले फेरि विश्वास व्यक्त गरेका छन्। यसबीचमा कोरियाले २० भन्दा बढी मुलुकमा कोरोना परीक्षण किट समेत उपलब्ध गराएर उदाहरणीय कार्य गरेको छ।

अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीकी राजनीतिशास्त्री मिन्सोन कुले “कोरोनाभाइरस कुटनीति” जस्ता कदमले मुन प्रशासनको शाख बढाउनुका साथै जनतामा आत्मविश्वास बढाएको बताए। मूनले कम्तिमा २० वटा देशका सरकार प्रमुखहरुसँग भिडियो कन्फरेन्स मार्फत कुराकानी गरेका थिए।

कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको थियो। मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए।

राष्ट्रपति मून जे–इनका लागि मध्यावधि जनमतसंग्रहका रुपमा हेरिएको यस संसदीय चुनावलाई स्थगन गर्न दबाब दिइए पनि सरकारले चुनाव नसार्ने निर्णय गरेको थियो।

कोरियाली मतदाताहरु विचारधारात्मक, पुस्तागत मान्यता तथा क्षेत्रीयताका आधारमा बाँडिएका भए पनि पछिल्लो चुनावी मतसर्वेक्षणले राष्ट्रपति मून र उहाँको उदारवादी पार्टीले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखाएका थिए।

खासगरी, चीन, युरोप र उत्तर अमेरिकी मुलुकमा कोरोनाभाइरसले सर्वाधिक असर पारेको भए पनि कोरियाले अपनाएको कोरोना परीक्षण र क्वारेन्टिनको चुस्त शैलीले आमजनतामा विश्वास बढाएको पाइएको छ।

दक्षिण कोरियाको ३०० सदस्यीय संसदको प्रत्येक चार वर्षमा चुनाव हुने गर्दछ। संसदका २५३ जना विभिन्न जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ४७ स्थान समानुपातिक प्रतिनिधित्व हुने गर्दछ।

दर्जनौं पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा रहेका भएपनि राष्ट्रपति मून जे–इनको सत्तारुढ डेमोक्र्याटिक पार्टी र मुख्य विपक्षी युनाइटेड फ्युचर पार्टीबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ।

पछिल्लो मतपरिणाम अनुसार मूनको डेमोक्र्याटिक पार्टीले १६३ स्थान जितेको छ भने यसको गठबन्धन दलले पनि १७ स्थान जितेको छ। यसबाट डेमोक्र्याटिक पार्टीले कूल १८० स्थान प्राप्त गर्नेछ।

विपक्षी युनाइटेड फ्युचर पार्टीले १०३ स्थान जितेको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .