प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लकडाउनलाई अझ कडाइ गरिने बताएका छन्।
भारतबाट आएर वीरगञ्जमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस पोजिटिभ देखिएपछि राउतले लकडाउनलाई कडा पारिने बताएका छन्।
उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश नेतृत्वले सीमा नाकासहितका क्षेत्रमा लकडाउन थप प्रभावकारी बनाउन गस्ती शुरु गरिसकेको जानकारी दिए।
‘भारतबाट आएका जमाती केही समय अगाडि नै आएकाले त्यस्ता व्यक्ति अरु पनि हुन सक्छन्, उनीहरुको हामी खोजी गरिरहेका छौँ,’ राउतले भने।
सीमा क्षेत्रमा कडा निगरानी राख्ने विषयमा मुख्यमन्त्री राउतले आइतबार गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए।
प्रतिक्रिया