ad ad

समाज


टेकु अस्पतालका दुई काेराेना-संक्रमित कहिले डिस्चार्ज हाेलान्?

टेकु अस्पतालका दुई काेराेना-संक्रमित कहिले डिस्चार्ज हाेलान्?

नेपालखबर
बैशाख १, २०७७ सोमबार ३:३६,

नेपालमा अहिले ११ जना (संक्रमितको संख्या १२ भए पनि एक जना निको भइसकेका छन्) कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचारत छन्।

तीमध्ये २ जना काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा शुक्रराज अस्पतालमा छन्।

उनीहरूको पछिल्लो अवस्था कस्तो छ, कहिले डिस्चार्ज हुन्छ्न्?

सोमबार बिहान नेपालखबरले राखेको जिज्ञासामा टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले उनीहरूको अवस्था सामान्य भइसकेको जानकारी दिए।

‘अब उनीहरूको स्याम्पल (नमुना) पुनः परीक्षणमा पठाउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘त्यसबारे छलफल भइरहेको छ र परीक्षणको नतिजा नेगेटिभ (कोरोना भाइरस नरहेको) आयो भने घर पठाइनेछ, पोजेटिभ आयो भने अझै केही दिन अस्पताल राखिनेछ।’

उनका अनुसार र पहिलो कुरा त नमुना (स्वाब) परीक्षण कहिले पठाउने भन्ने टुंगो लाग्नै बाँकी छ। ‘त्यो टुंगो अब केही दिनमा लाग्ला,’ उनले भने, ‘त्यसपछि नमुना प्रयोगशालामा पठाइनेछ र त्यसको रिपोर्ट कस्तो आउँछ, त्यसमा भरपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .