ad ad

राजनीति


प्रचण्डलाई ओलीको जवाफ : छुट्टै संयन्त्र आवश्यक छैन

प्रचण्डलाई ओलीको जवाफ : छुट्टै संयन्त्र आवश्यक छैन

नेपालखबर
चैत २९, २०७६ शनिबार ११:२५,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको लगाइमा सरकारभन्दा भिन्न संयन्त्र आवश्य नरहेको प्रस्ट पारेका छन्।

निबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स गर्दै प्रधानमन्त्री ओलीले यास्तो बताएका हुन्।

सत्तारुढ दल नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना विरुद्धको अभियानमा सर्वदलीय र सर्वपक्षीय संयन्त्र बनाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन्।

उनले दुई तिहाइको सरकारले वैधानिक अथोरिटीका साथ काम गरेको र अभियानमा सफल हुने बताउँदै छुट्टै संयन्त्र आवश्यक नभएको प्रस्ट पारेका हुन। प्रधानमन्त्री ओलीले नाम उल्लेख नगरिकन सरकारलाई अनावश्यक दबाब नदिन प्रचण्ड लगायतका शीर्ष नेताहरुलाई आग्रह समेत गरेका छन्।

‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यकता छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगरौं ।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .