जाजरकोटको छेडागाड नगरपालिका ११ का वडा अध्यक्षमाथि अज्ञात समूहले आक्रमण गरेको छ।
सो आक्रमणमा परी आक्रमणबाट वडाध्यक्ष चक्रबहादुर सिंहको दाहिने खुट्टो भाँचिएको छ।
शनिबार दिनभर सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिको तथ्यांक लिएर फर्किएका वडाध्यक्षमाथि राति ९ बजे सोही वडाको पिपलडाँडामा आक्रमण भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए।
कुटपिटपछि बेहोस् भएका वडाध्यक्ष सिंहले आइतबार बिहान मात्रै आफन्तलाई खबर गरेका थिए। आफन्तले प्रहरीलाई खबर गरेपछि उनको उद्धार गरिएको थियो।
प्रहरीले उनलाई अग्लो स्थानबाट खसालेको अवस्थामा फेला पारेको डीएसपी श्रेष्ठले बताए। घाइते वडाध्यक्षलाई थप उपचारका लागि सुर्खेत लगिएको छ। घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए।
नेकपाबाट निर्वाचित वडाध्यक्ष सिंह पार्टीको जिल्ला कमिटी सदस्य समेत हुन्।
प्रतिक्रिया