ad ad

राजनीति


कोरोनाविरुद्ध प्रचण्डको भिडियो सन्देश : चीन, कोरिया र इटलीबाट पाठ सिकेर अगाडि बढौँ

कोरोनाविरुद्ध प्रचण्डको भिडियो सन्देश : चीन, कोरिया र इटलीबाट पाठ सिकेर अगाडि बढौँ

नेपालखबर
चैत १५, २०७६ शनिबार ९:३,

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन थप सावधानी अपनाउन आग्रह गरेका छन्।

शनिबार एक भिडियो सन्देश गर्दै अध्यक्ष प्रचण्डले सिंगो विश्व नै यस घातक भाइरसबाट बच्नका लागि संघर्षरत रहेको उल्लेख गर्दै उनले विश्व समुदायसँगै नेपाली जनताले अपनाएको सजगताप्रति धन्यवादसमेत दिएका छन्।

उनले सरकारले गरेको लकडाउनलाई पालना गर्न र घरबाहिर ननिस्कन सर्वसाधरणलाई अपिल समेत गरेका छन्।

‘कोरोनाबाट बच्नका लागि साबुन पानीले हात धुने, सेनिटाइजनरको प्रयोग गर्ने, हात नमिलाउने, खोक्दा रुमालको प्रयोग गर्ने, आवश्यकता अनुसार मास्क प्रयोग गर्ने र सरकारले गरेको लकडाउनलाई पालना गर्दै घरबाट बाहिर ननिस्कन र अनुशासनमा रहन आम जनुसमुदायसँग अनुरोघ गर्दछु’, भिडियो सन्देशमा प्रचण्डले भनेका छन्।

उनले आधिकारिक सूचनाले मात्रै जोखिमबाट जोगिन सकिने भन्दै सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्न र सञ्चार माध्यमलाई पनि आधिकारिक सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन्।

हेराैँ भिडियो

उनले नेपालमा अहिलेसम्म चार जानमा यो भाइरसको संक्रमण देखिए पनि उनीहरुको स्वास्थ्यअवस्था राम्रो रहेका कारण आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। उनले चीन, कोरिया, इटलीजस्ता मुलुकबाट पाठ सिकेर उच्च सतर्कता उपनाउन विशेष ध्यान दिनुपर्ने बताए।

उनले कोभिड १९ विरुद्धको लडाइँमा चिकित्सक, सरक्षाकर्मी, कर्मचारी र सञ्चारजगतले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

‘कोभिड १९ विरुद्धको लडाइमा सबैभन्दा अग्रमोर्चामा रहेर क्रियाशील रहने स्वास्थ्यकर्मी, राष्ट्रसेवक सुरक्षाकर्मी, कर्मचारी र आम सञ्चार माध्यमहरुको क्रियाशीलताको म उच्च प्रसंशा गर्न चाहन्छु’, उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .