ad ad

राजनीति


गण्डकीमा कोरोना नियन्त्रण कोष, सबै अस्पताललाई १० लाख

गण्डकीमा कोरोना नियन्त्रण कोष, सबै अस्पताललाई १० लाख

वाशुदेव मिश्र
चैत १२, २०७६ बुधबार १४:१७,

गण्डकी प्रदेश सरकारले नोभेल कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न १५ करोडको कोष स्थापन गर्ने भएको छ। गण्डकी प्रदेश सरकारको बुधबार बसेको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।

उनका अनुसार सो कोषमा प्रदेशका सबै मन्त्रीहरुले एकमहिनाको तलब दिनेछन्। कोषमा अन्य जनप्रतिनिधि, कर्मचारी एवं संघ/संस्थाहरुलाई पनि सहयोग गर्न उनले आग्रह गरे। कोषको लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिनेछ।

मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा ५ सदस्यीय कमिटि पनि गठन गरेको छ। सो कमिटिमा आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधारमन्त्री बस्नेत, सामाजिक विकामन्त्री नरदेवी पुन र प्रदेशका मुख्यसचिव हरि बस्याल सदस्य रहेका छन्।

‘अब यही कमिटिले सबै काम गर्नेछ’, मन्त्री बस्नेतले भने।

उनका अनुसार कोरोना नियन्त्रणको लागि आवश्यक पर्ने सामान खरिद गर्न प्रदेशमा रहेका सबै ११ वटा अस्पताललाई थप ५ लाख रुपैयाँ पठाउन निर्णय पनि गरेको छ। यसअघि नै सरकारले सबै अस्पताललाई यही शीर्षकमा ५ लाख रुपैयाँ विनियोजन गरिसकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .