नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन्।
सातै प्रदेशका प्रमुखहरुले आइतबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा पुगेर भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
सो भेटवार्तामा प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयहरुमा कुराकानी भएको सचिवालयले जनाएको छ।
सो अवसरमा अध्यक्ष प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरुका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएका थिए।
प्रतिक्रिया