ad ad

राजनीति


सभापति देउवाको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै महामन्त्री कोइरालाले लेखे यस्तो पत्र

सभापति देउवाको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै महामन्त्री कोइरालाले लेखे यस्तो पत्र

नेपालखबर
चैत १, २०७६ शनिबार २:२७,

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको नवलपरासी (पश्चिम) जिल्लाको सभापति परिवर्तन गरेकामा गम्भीर आपत्ति जनाउँदै सभापति शेरबहादुर देउवालाई पत्र पठाएका छन्।

कार्यवाहक जिल्ला सभापति अर्जुन पोख्रेललाई हटाएर विष्णुप्रसाद पौडेललाई सभापतिको जिम्मेवारी तोकेपछि महामन्त्री कोइरालाले सभापति देउवालाई पत्र पठाएर निर्णय सच्याउन माग गरेका हुन्।

मुलुकको संघीय संरचनाअनुसार नवलपरासी जिल्ला विभाजन हुँदा कांग्रेग्रेसले नवलपरासी (पश्चिम)मा रिक्त रहेको जिल्ला सभापतिको जिम्मेवारी साविक नवलपरासी जिल्लाको कार्यसमितिका उपसभापति अर्जुन पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिएको थियो।

तर सभापति देउवाले यही फागुन २३ गते विधानबमोजिम भन्दै नवलपरासी (पश्चिम)को जिल्ला सभापतिमा विष्णुप्रसाद पौडेललाई जिम्मेवारी दिएका छन्।

महामन्त्री कोइरालाले भने पार्टीको १४औं महाधिवेशनको तयारीका लागि सम्बन्धित तहको अधिवेशन र महाधिवेशन तोकिएको अवस्थामा पोख्रेल हटाई पौडेललाई जिम्मेवारी दिने कार्य विधान प्रतिकूल रहेको पत्रमा उल्लेख गरेका छन्।

यो कदमले विधानमा तोकिएबाहेकका विभाग बनाएर तथा केन्द्रीय समितिमा सदस्य र आमन्त्रित सदस्य मनोनयन गरेर पार्टीभित्र एकताको वातावरण बिथोलेको आरोप लगाएका छन्।

कोइरालाले मौखिक रूपमै निर्णय सच्याउन आग्रह गरेका थिए तर देउवाले नमानेपछि पत्र बुझाएका हुन्।

koirala11

‘आमनिर्वाचनपछि उत्पन्न विवादबाट पार्टीलाई थप क्षति नहोस् भनेर मैले धेरै साथीको आलोचना सहँदै सभापतिज्यूलाई सहयोग गरेको हुँ,’ कोइरालाले पत्रमा लेखेका छन्, ‘तर पार्टीभित्र विवाद बढ्दै जाँदा केन्द्रीय कार्यसमितिका पछिल्ला केही बैठकमा म पनि सहभागी हुन नसक्ने परिस्थिति निर्माण भएको छ।’

१४औं महाधिवेशनको तालिका तोकेर प्रक्रिया अघि बढिसकेको अवस्थामा एकांकी रूपमा हुने निर्णयले महाधिवेशनको निष्पक्षता र सुनिश्चितता प्रभावित हुने कोइरालाले पत्रमा लेखेका छन्।

पत्रमा भनिएको छ- ‘महाधिवेशन हामी सबैको साझा आयोजना हो। यो सर्वोच्च आयोजनामा पार्टीका सबै साथीको उत्साहपूर्ण सहभागिता आवश्यक पर्छ।’

koirala22

पश्चिम नवलपरासीका २५ जनाभन्दा ब९ी नेताले देउवाले पार्टी सभापति परिवर्तन गरेकाे विषयमा असहमति जनाउँदै काठमाडौंमा महामन्त्री निवासमा धर्ना दिएका छन्। बहुमत जिल्ला नेता पोख्रेलकै पक्षमा देखिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .