ad ad

ग्लोबल


अमेरिकाद्वारा अनिश्चितकालीन संकटकाल घोषणा, युरोपबाट हुने सबै उडान बन्द

अमेरिकाद्वारा अनिश्चितकालीन संकटकाल घोषणा, युरोपबाट हुने सबै उडान बन्द

नेपालखबर
चैत १, २०७६ शनिबार २:१८,

कोरोना (कोभिड १९) भाइरस महामारीको रुपमा फैलिएपछि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा ट्रम्पले आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेजसमेत घोषणा गरेका छन्।

अमेरिकाले संक्रमण रोक्ने प्रयासस्वरूप बेलायत बाहेकका यूरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाएको छ।यो रोक १४ तारिख शुक्रबार मध्यरातिबाट लागू हुने बताइएको छ।

‘अब हाम्रा लागि निकै महत्वपूर्ण छ। कारोना भाइरस फैलिनबाट रोक्नका लागि हामी पूरै कोसिस गर्ने छौं,’ ट्रम्पले भने, ‘यो अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नुको विकल्प छैन। यो आर्थिक संकट होइन, यो संकट क्षणिक हो र यसलाई सबै मिलेर परास्त गर्न सकिन्छ।’

संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने विषय भने ट्रम्पले उल्लेख गरेनन्। विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म कोरोना भाइरसबाट १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भएका छन्।

यो भाइरसबाट पाँच हजारभन्दा बढीको मृत्यु भइसकेको छ। भारतमा पनि दुई जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .