अमेरिका र मेक्सिकोबीचको सीमा पर्खाल पार गर्न खोज्दा लडेकी एक गर्भवती महिलाको मृत्यु भएको छ।
ग्वाटेमालाकी १९ वर्षीया मिरियम स्टेफानी जिरोन लुना गत शनिबार टेक्ससको एल पासोनजिक स्टिलको १८ फुट अग्लो पर्खालबाट खसेकी थिइन्।
सात महिनाकी गर्भवती उनलाई अस्पताल पु¥याइएको थियो। अस्पतालमा शल्यक्रियामार्फत उनको बच्चा निकाल्ने प्रयास गरिएको थियो, जुन असफल भएको थियो।
मंगलबार उनको मृत्यु भएको जनाइएको छ।
उनको प्रेमीलाई अमेरिकामा हिरासतमा राखिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने बताउँदै आएका छन्।
हरेक वर्ष ग्वाटेमाला, एल साल्भाडोर र होन्डुरसका दशौँ हजार मानिस अमेरिका प्रवेश गर्ने प्रयास गर्छन्। एजेन्सी
प्रतिक्रिया