ad ad

राजनीति


प्रतिपक्षको अवरोधपछि तेस्रो दिन बैठक स्थगित

प्रतिपक्षको अवरोधपछि तेस्रो दिन बैठक स्थगित

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ८:५२,

गण्डकी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आज तेस्रो दिन पनि स्थगन भएको छ। प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेशसभा अवरुद्ध गराएको हो।

बैठक शुरु हुनासाथ कांग्रेसका सदस्यले उठेर अवरोध गरेपछि पटकपटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि नबसेपछि आगामी चैत २ गते अपराह्न १ बजेसम्मका लागि स्थगन गरे।

कांग्रेसले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सचिवालयका सचिवको असीमित अधिकारलाई सीमित गर्नुपर्ने माग गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सञ्चालन सम्बन्धमा कार्यविधि मिचेर नेकपा नेतृत्वको सरकारले आफ्ना सांसदको इच्छानुसार गर्न लागेको जनाउँदै उनले आफूहरूले त्यसको विरोध गरेको बताए। आफूहरूका माग सम्बोधन नहुँदासम्म कांग्रेसले प्रदेशसभा अवरोध जारी राख्ने उनको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .