प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालमा भेट गरेकी छन्।
प्रत्यारोपणपछि ओलीलाई भेट्ने संग्रौला पहिलो व्यक्ति हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार संग्रौलाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेकी थिइन्।
प्रधानमन्त्री ओलीले संग्रौलालाई मिर्गौला दिएको धन्यवाद व्यक्त गरेका थिए।
२१ फागुनमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रतिक्रिया