पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा विस्फोट भएको केही समयपछि भक्तपुरबाट नेत्रविक्रम चन्द विप्लवका एक नेता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला कमिटी सदस्य देवबहादुर गुरुङ रहेकाे प्रहरीले जनाएकाे छ।
उनलाई भक्तपुरको मनोहराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख (एसपी)सविन प्रधानले जानकारी दिए। ‘महोहराबाट विप्लव समूहका एक नेता पक्राउ परेका छन्’, एसपी प्रधानले नेपालखबरसँग भने, ‘उनीमाथि अनुसन्धान भइरहेको छ।’
उनीमाथि बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईको घरमा विस्फोट गराएको प्रहरीको आरोप छ। बाँस्कोटाको घरमा भएको विस्फोटमा पनि उनको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको एसपी प्रधानले बताए।
याे पनि:
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा एकाबिहानै बम विस्फोट
प्रहरीले सुरक्षा दिइरहेकै बेला बास्कोटाको घरमा बम विस्फोट
Shares
प्रतिक्रिया