ad ad

राजनीति


उपसभामुख राना मस्को प्रस्थान

उपसभामुख राना मस्को प्रस्थान

नेपालखबर
असोज १, २०८१ मंगलबार १३:९, काठमाडौँ

उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुन आज संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गरेकी छन्। 

त्यहाँबाट उपसभामुख राना राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने कार्यक्रम छ। 

रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ। 

राना असोज ५ गते स्वदेश फर्कने छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .