ad ad

राजनीति


मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन–विश्राम गर्ने छुट छैन, काममा तीव्रता दिनू

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन–विश्राम गर्ने छुट छैन, काममा तीव्रता दिनू

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १६:५४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तिब्रताका साथ सरकारका काम कारबाही अघि बढाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरूलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए। 

प्रधानमन्त्री ओलीले अब कार्यक्षेत्रमा थप योजना र सक्रियताका साथ अघि बढ्नुपर्ने जिकिर गरे। मन्त्रालयबीच एकअर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको पनि उनको भनाइ थियो।

ओलीले भने, ‘हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन। विश्राम गर्ने सुविधा पनि छैन। अत्यन्तै तीव्र गतिले काम अघि बढाउनुपर्नेछ। हाम्रो गतिमा तीव्रता चाहिन्छ। काममा योजनाबद्धता चाहिन्छ। पारस्परिक साथ र सहयोग चाहिन्छ। एउटा र अर्को मन्त्रालयबीचको कोर्डिनेसन र कतिपय कुरा डुब्लिकेसन नहोस्।’

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई आ-आफ्नो मन्त्रालयका समस्या पहिचान गरी समाधान गर्न पनि निर्देशन दिए।

प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्ने योजना रहेको छ। लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्यांकन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो।

नेपालबाहिर रहेका कारण आज अनुपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँगको कार्यसम्पादन सम्झौता पछि सम्पन्न हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .