ad ad

राजनीति


नेपाल आउँदा भाइरसमुक्त सर्टिफिकेट लिएर आउने व्यवस्था गरौंः सांसद बडु

नेपाल आउँदा भाइरसमुक्त सर्टिफिकेट लिएर आउने व्यवस्था गरौंः सांसद बडु

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ७:३०,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल प्रवेश गर्ने यात्रुलाई जुन मुलुकबाट आउँदैछन्, त्यहि मुलकमैं कोरोना भाइरस मुक्त भएको प्रमाणसहित पठाउन लगाउने र नेपालका प्रवेश विन्दूमा थप चेकजाँच गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

संसदमा कांग्रेस सांसद गगन थापाद्वारा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने क्रममा बडुले सो धारणा व्यक्त गरेका हुन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उच्चजोखिम रहेका देशहरुको सूचीमा नेपाललाई पनि राखिसकेकोले र छिमेकी मुलुकमा संक्रमितहरु देखिने क्रम जारी रहेका कारण नेपालले उच्चसतर्कता अपनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

भारत, दक्षिण कोरिया, जापानलगायतमा संक्रमण बढिरहेको र ती मुलुकसँग रोजगारी र अन्य सम्बन्धका कारण नेपालको बढि सम्पर्क, आवातजावत हुनेहुँदा विशेष सतर्कता अपनाउनुपर्ने बडुले बताए।

‘अन्य मुलुकबाट आउनेलाई हेल्थडेस्क राखेर जाँचेका छौं तर पर्याप्त छैन। बहुराष्ट्रिय सहकार्य आवश्यक छ। जुन मुलुकबाट हामीकहाँ आउँदैछन्। त्यहिँ पनि चेक गरोस् र भाइरसफ्रि सर्टिफिकेट दिने व्यवस्था होस्। त्यस्तालाई मात्र प्रवेश दिने गरौं,’ उनले संसदमा भने। ‘संक्रमित पाउनेबित्तिकै आइसोलेसनमा राख्ने व्यवस्था गरौं।’

नेपालले मात्र गरेर नपुग्ने हुँदा स्रोत मुलुकसँग सहकार्य बढाउन उनले जोड दिए।

उनले यहाँको क्वारेन्टाइनको क्षमता कम भएको र त्यसलाई बढाउन सुझाव दिए।

भारतसँगको खुला सीमामा रहेको प्रवेश बिन्दू, उत्तरतर्फका प्रवेश बिन्दू र विमानस्थलमा चाँज अझ बढि प्रभावकारी बनाउन उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .