ad ad

राजनीति


चुच्चे रेल र टावरको कुरा गरेर ओलीले समाजवादको भाष्य बिगारे : भुसाल

चुच्चे रेल र टावरको कुरा गरेर ओलीले समाजवादको भाष्य बिगारे : भुसाल

नेपालखबर
भदौ २२, २०८१ शनिबार १७:४९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा लोकप्रियतावादले समाजवादलाई बिगारेको बताएका छन्। शनिबार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले चुच्चे रेल र टावरहरुको कुरा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादको भाष्य बिगारेको समेत अरोप लगाए।

‘अलिकति पपुलिज्मले पनि हाम्रो समाजवाद बिगार्‍यो, यो व्यक्तिगत दोषारोपण जस्तो पनि सुनिन सक्छ, हाम्रो समाजवादको भाष्यलाई सबभन्दा बढ्ता त ओलीजीले नै बिगारिदिनुभयो,’ उनको भनाइ छ, ‘चुच्चे रेल आउँछ। काठमाडौंमा दुई वर्षमा आउँछ। अर्को वर्ष बेनी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर चुच्चे रेलसँग, टावरहरुसँग, केसँग भाष्य बिगारिदिनु भयो उहाँले।’ 

भुसालले ठूला भ्रष्टाचारहरु एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरुको संलग्नता बिना नहुने समेत ठोकुवा गरे। ‘त्यस्तो पार्टी होस् जसले, घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म यो होल कुरा, कृषिमा आत्मनिर्भर पनि भइदैनँ,’ उनले भने, ‘कृषिमै पनि आत्मनिर्भर हुने हो भने त्यस्तो पार्टी निर्माण गर्नुपर्छ जहाँ भित्रबाट भ्रष्टहरु जन्मिदैनन्। भ्रष्टहरु पालित, पोशित हुँदैनन्। तिनीहरु संरक्षित हुँदैनन्। नेता बन्दैनन्। तर दुर्भाग्य के छ भने अहिले हरेकजसो पार्टी, ठ्याक्कै थाहा छैन मलाई ४०/५० करोडभन्दा ठूला कुनैपनि भ्रष्टाचारका मुद्दाहरुमा राष्ट्रिय सहमती हुन्छ। त्यहाँ कांग्रेस पनि हुन्छ। माओवादी पनि हुन्छ। एमाले पनि हुन्छ। मेरै पार्टी पनि होला। त्यो नभइकन अगाडी बढ्दै बढ्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .