काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ समर्थकको ‘अनफलो’ अभियानका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले ७७ हजार फेसबुक फलोअर्स गुमाएकामा बल्ल ३ हजार ‘रिकभर’ (पुनः प्राप्ति) भएको छ।
मेयर शाहले यही भदौ १६ गते (आइतबार) एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध लेखेको स्टाटस भदौ १८ गते (मंगलबार) फेसबुकले हटाइदिएपछि बालेन समर्थकले त्यही साँझदेखि फेसबुकमा ओलीविरुद्ध अनफलो अभियान चलाएका थिए।
जसका कारण केपी शर्मा ओली फेसबुक पेजको फलोअर्स ६ लाख ६६ हजारबाट एकदिनमै ७७ हजार घटेर भदौ १९ गते (बुधबार) ५ लाख ८९ हजारमा झरेको थियो।
तर बिहीबार (भदौ २० गते) देखि भने ओलीको फेसबुक फलोअर्स घटेको स्थानबाट बिस्तारै बढ्न थालेको हो।
यस क्रममा आज (शुक्रबार) बिहान १०:१८ बजेसम्म ओलीको फेसबुक फलोअर्स ५ लाख ८९ हजारमा ३ हजार थपिएर बल्ल ५ लाख ९२ हजारमा उक्लेको हो।
Shares
प्रतिक्रिया