ad ad

राजनीति


तीन डीआईजीको सरुवा : ट्राफिकमा बोहरा, विमानस्थलमा राणा

तीन डीआईजीको सरुवा : ट्राफिकमा बोहरा, विमानस्थलमा राणा

नेपालखबर
भदौ १७, २०८१ सोमबार २१:२९, काठमाडौँ

नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ। गृह मन्त्रालयले सोमबार तीन जना डीआईजीको सरुवा गरेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले नेपालखबरलाई जानकारी दिए।

बागमती प्रदेश प्रहरी प्रमुखमा कृष्णहरि शर्मा पोखरेललाई सरुवा गरिएको छ। यसअघिका डीआईजी विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अनिवार्य अवकासमा गएपछि प्रदेश प्रहरी प्रमुख रिक्त भएको थियो।

उक्त स्थानमा काडमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआईजी पोखरेललाई जिम्मेवारी दिइएको हो।

यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुखमा डीआईजी भरतबहादुर बोहरालाई काज सरुवा गरिएको छ। बोहरा यसअघि कार्यविभागमा कार्यरत थिए।

ट्राफिक प्रहरी प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठ अवकास भएसँगै रिक्त भएको हो। तर ट्राफिक प्रमुखमा काजमा डीआईजीलाई खटाइँदै आएको छ।

उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा डीआईजी किरण राणालाई जिम्मेवारी दिइएको छ। राणा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा कार्यरत थिइन्।

नेपाल प्रहरीमा तीन जना प्रहरी नायव महानिरीक्षक रिक्त भएको छ।

उक्त पदमा बढुवा गर्न अझै केही साता लाग्ने भएकाले गृह मन्त्रालयले काजमा तत्कालै खटाउने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .