सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
हालकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण आगामी भदौ १५ (शनिबार) बाट अनिवार्य अवकाशमा जाँदैछिन्। त्यसअघि सरकारले बिहीबार अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो
गत साउन १० गते नियुक्त भएकी उनी नेपालको इतिहासमा पहिलो महिला मुख्य सचिव बनेकी थिइन्।
अर्यालसहित डा. तोयनारायण ज्ञवाली र दिनेश भट्टराई पनि मुख्य सचिवको दाबेदार थिए।
अर्याल सचिवहरूको वरियतामा चौथो नम्बरमा थिए। उनी २ वर्षभन्दा बढी मुख्य सचिव रहनेछन्।
399
Shares
प्रतिक्रिया