ad ad

राजनीति


कांग्रेस र एमालेलाई सांसद सिंहको सुझाव– त्रिविको जग्गा बाँडेर पार्टी कार्यालय बनाउनुस्

कांग्रेस र एमालेलाई सांसद सिंहको सुझाव– त्रिविको जग्गा बाँडेर पार्टी कार्यालय बनाउनुस्

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १५:१९, काठमाडौँ

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) लाई त्रिभुवन विश्वविद्यालयको सम्पती आधा–आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले कांग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर लिन सुझाव दिएका हुन्। 

‘दुई वटा दलले त्रिभुवन विश्वविद्यालयको सम्पती आधा आधा बाँडेर आधा आधामा पार्टी कार्यालय बनाऔँ। आधा का.ग्रेस, आधा एमाले बाँडौ। किनकी विद्यार्थीलाई त सबैलाई विदेशमा लखेटेकै हो। दुई दलको सरकार छ अहिले यही मौका छ कि त्रिभुवन विश्वविद्यालयमा त्यत्रो ३३ सय रोपनी जग्गा छ, बाँडेर दलको नाममा दर्ता गरौँ,’ उनले भने। 

नेपाली विद्यार्थीहरूलाई विदेशमा लखेटेर त्रिभुवन विश्वविद्यालयमा भागबन्डाको राजनीति गरेको भन्दै सम्पति बाँडफाँट गरेर दलको नाममा दर्ता गर्न र पार्टी कार्यालय खोल्न सुझाव दिए। 

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कोसिस भइरहेको भन्दै ठूला दलहरूले आफूलाई चोख्याउनका लागि हदम्याद राख्न लागिएको उनको भनाइ थियो। 

‘भ्रष्टाचारमो मुद्दामा हदम्याद राख्ने कोशिस भइरहेको छ। ठूला दलले ०४८ सालदेखि सरकार चलाएको कारणले आफुलाई चोख्याउन पाँच वर्षको समय राखेको छ। भ्रष्टाचार भनेको भ्रष्टाचार हो। ५० वर्षपछि थाहा भएपनि भ्रष्टाचारको मुद्दा भ्रष्टाचारकै मुद्दा हुन्छ। त्यसलाई चोख्याउन मिल्दैन। पाँच वर्षको समय दिएर भ्रष्टाचारलाई चोख्याउने र भ्रष्टाचार संरक्षक देश बनाउन खोजिएको हो, त्यो देशको लागि हाम्रो आपत्ति छ। त्यस्तो बन्न दिनु हुँदैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .