ad ad

राजनीति


प्रधानमन्त्रीले भने : तीन नम्बर जर्सी लगाएकी सरस्वतीको प्रदर्शन उत्कृष्ट लाग्यो

प्रधानमन्त्रीले भने : तीन नम्बर जर्सी लगाएकी सरस्वतीको प्रदर्शन उत्कृष्ट लाग्यो

नेपालखबर
साउन २३, २०८१ बुधबार २१:२६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भलिबल खेलाडी सरस्वती चौधरीको प्रशंसा गरेका छन्।

बुधबार भएको काभा नेसन्स भलिबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टिमकी खेलाडी सरस्वतीको प्रदर्शन राम्रो रहेको प्रधानमन्त्रीले प्रतिक्रिया दिएका हुन्।

उनले फाइनल खेल हेर्न रंगशाला जान नपाएपनि तेस्रो चरणदेखि लाइभ हेरेको सामाजिक सञ्जालमा लेखेका छन्।

‘मन्त्रिपरिषदको आकस्मिक बैठकका कारण आज भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनल हेर्न जान पाइनँ। तेस्रो चरणदेखि मात्र खेलको लाईभ हेरेँ’ उनले फेसबुकका लेखेका छन्, ‘नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि हामीले जित्न सकेनौं। तीन नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो।’

सरस्वतीले काभामा उत्कृष्ट अपोजिट खेलाडीको उपाधि पाएकी छन्।

यस्तै, प्रधानमन्त्री ओलीले ‘एक पटकको हार सधैंको हार होइन, हामी जित्ने छौं’ भन्दै नेपाली टिमलाई हौसला दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .