प्रमुख प्रतिपक्ष कांग्रेसले कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको बेला यसलाई नेपालमा प्रवेश र विस्तार हुन नदिन अपील गरेको छ।
कांग्रेसले सरकारका नाममा १४ बुँदे अपील जारी गर्दै प्राणघातक भाइरस कोरोनाले विश्वव्यापी रुपमै महामारीको डँका बजाइरहेको बेला नेपाल देशले सतर्कताको पर्याप्त पूर्व तयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा औंल्याएको छ।
सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘दशा बाजा बजाएर आउन्न’ भन्ने पूरानो भनाई स्मरण गराएका छन्।
‘यस्तो गम्भीर विश्व परिस्थितिका बेला सम्पूर्ण सतर्कताका लागि नेपाली कांग्रेस नेपाल सरकार र सम्बन्धित निकायहरू एवं सबै राजनैतिक दल, संघसंस्था, सञ्चार माध्यम तथा स्वदेश र विदेशमा रहेका समस्त नेपालीमा हार्दिक अपील गर्दछ’ कांग्रेसको अपीलमा भनिएको छ।
प्रतिक्रिया