ad ad

राजनीति


योगेश भन्छन् : कांग्रेस–एमाले प्रतिस्पर्धी र इतिहासका निर्माता हुन्

योगेश भन्छन् : कांग्रेस–एमाले प्रतिस्पर्धी र इतिहासका निर्माता हुन्

नेपालखबर
साउन १९, २०८१ शनिबार १६:१७, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले)का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरूलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन्।

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउन सोच सत्तारुढ गठबन्धनले लिएको बताए। 

‘संविधानमा केही कुराहरूलाई हामीले नयाँ ढंगले हेर्नुपर्नेछ, बुझ्नुपर्नेछ। त्यसको अर्थ नेपालको राजनीतिक व्यवस्थालाई पछाडि फर्काउने होइन। नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ सम्बोधन गर्नुपर्नेछ,’ उनले भने, ‘संशोधन गर्नुपर्नेछ। यसको निम्ति नेपाली काँग्रेस र एमाले अग्रसरता लिएपनि संसदमा भएका अथवा नभएका राजनीतिक शक्तिहरु र पार्टीहरूलाई एकसाथ लिएर हामी त्यो कार्यभारलाई समेत पूरा गर्ने गरी अगाडि बढ्न सोचिरहेका छौँ।’

संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरे। 

सचिव भट्टराईले दुई ठूलो दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको दावी गर्दै यसले यसले मुलुकलाई सही दिशामा अघि बढाउने दाबी समेत गरे।

नेपाली कांग्रेस र नेकपा एमाले इतिहासको कठिन मोडमा नेपाल राष्ट्रलाई सही दिशा दिन अग्रसर भएको उनको जिकिर थियो।

उनले भनेका छन्, ‘यी दुई वटा पार्टी एक अर्काका प्रतिस्पर्धी पनि हुन्। यी दुई वटा पार्टी इतिहासका निर्माता पनि हुन्। इतिहासको कठिन मोडमा नेपाल राष्ट्रलाई सही दिशा दिन अग्रसर भएका पार्टीहरू पनि हुन्।’

उनले अघि थपे, ‘ऐतिहासिक क्षणहरूमा हामी एक ठाउँमा आएका छौँ। र, मुलुकलाई सही दिशा दिने प्रयत्न हामीले गरेका छौँ। फेरी एक पटक यी दुई वटा पार्टीले यसमा पहल लिएका छन्। मलाई विश्वास छ, हामीलाई विश्वास छ कि यसले एउटा सकारात्मक सन्देश नेपाली जनताको बीचमा गएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .