ad ad

राजनीति


टीआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ

टीआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १६:२८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी)मा दलहरूका बीचमा भएको सहमतीबाट पछाडी फर्किनु नहुने बताएका छन्।

महासचिव गुरुङले विगतमा पनि पटक–पटक टिआरसीको अन्तरवस्तुमा सहमति भएपनि उल्टिने गरेको भन्दै यसपटक सहमतीबाट पछाडी फर्किनु नहुने बताएका हुन्। 

विगतमा सहमति कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरू उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडी बढ्नेमा आफूहरू आशावादी रहेको बताए। 

‘विगतमा पनि पटक–पटक टुंगिएकै हो। अन्तरवस्तुमा सहमति भयो। फेरि पछाडी उल्टियो। सहमति भयो फेरि पछाडी प्रक्रियामा जाँदा कुनै न कुनै इस्यु उठाएर बिलम्व हुँदै आएको अवस्था हो। अहिले जुन सहमति भएको छ, भविष्यमा उल्टिएन भने, भविष्यमा कुनै अवरोध भएन भने प्रक्रिया अगाडी बढ्छ भन्ने कुरामा हामी आशावादी छौँ। सहमती कायम रहोस्।  लागू होस्,’ गुरुङले भने। 

टीआरसीको विषय टुंग्याउन निकै बिलम्व भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि उनले आग्रह गरे।

‘टीआरसीलाई राजनीति गर्ने भाँडो नहोस् भन्ने कुरामा हाम्रो आग्रह हो। १७÷१८ वर्षसम्म यसलाई जुन ढंगले अवरोध गर्ने, गराउने। सहमति गर्ने फेरि उल्टिने, सहमती गर्ने फेरि उल्टिने गरेर अवरोध गरेको गरेकै कारणले १७÷१८ वर्ष बित्यो। त्यसकारणले अब त्यसरी उल्ट्याउने काम नहोस् भन्ने हाम्रो आग्रह हो। विगत कालको जस्तो पटक–पटक उल्टिने काम नहोस् भन्ने कामना हो,’ गुरुङले भने।

साथै, उनले सहमति कुन नसकेका केसहरूमा २५ प्रतिशत गरेर जानु उपयुक्त हुने तर्क गरे। 

‘आयोगले सहमती जुटाउँदा पनि सहमती जुट्न सकेन भने सहमति जुटाउन नसकेको कुरा सरकारलाई जानकारी गराइदिने कुरा हो। सरकारप्रति जवाफदेही बनेर आयोग गठन गरेको हुन्छ,’ उनले भने, ‘आयोगले कति सहमति ग¥यो? कति सहमती गर्न सकेन भन्ने कुरा त सरकारलाई जानकारी गराइदिने हो। मेलमिलाप हुन नसकेका केशहरू दण्ड, जरिवाना गर्नु परेपनि न्युनतम रुपले २५ प्रतिशत गरेर जानु उपयुक्त हुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .