ad ad

राजनीति


प्रतिनिधिसभाको बैठक आज, के छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज, के छ कार्यसूची?

नेपालखबर
असार २३, २०८१ आइतबार ७:५७, काठमाडौँ

प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। 

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।

त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको विनियोजन विधेयक, २०८१का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची पनि छ।

त्यस्तै पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले पनि पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८० पेस गर्नेछन्।

हेर्नुहोस् सम्भावित कार्यसूची 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .