ad ad

राजनीति


सांसदहरुको प्रश्नः उपसभामुख कहिले?

सांसदहरुको प्रश्नः उपसभामुख कहिले?

नेपालखबर
फागुन १४, २०७६ बुधबार १२:१९,

प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन्।

गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्नि प्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिएपनि अहिलेसम्म उपसभामुख चयनको विषयमा दलहरु मौन दखिएका हुन्।

सत्तारुढ दल नेकपाका नेताहरुले उपसभामुख चयनमा ढिलाइ नभएको बरु केही समय पर्खिएको बताएका छन्। विपक्षी दलका नेताहरुले भने सत्तापक्ष दलले निर्णयमा ढिलाइ गरेको बताइरहेका छन्। सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुख चयनमा ढिलाइ नभएको तर केही समय पर्खेको बताए।

नेकपाले सभामुख पाउँदा उपसभामुखका लागि तीन दलहरु नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमध्ये कुनै एक दलबाट उम्मेदवार बन्ने उनले बताए। उनले राजपाले उपसभामुखका लागि अनिच्छा देखाएको, कांग्रेसले उपसभामुख नमाग्ने प्रतिक्रिया दिएको र समाजवादी पार्टीले केही समयअघि मात्रै सरकार छाडेकोले राम्रोसँग छलफल हुने अवस्था नदेखिएको बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सभामुख चयनमा सत्तारुढ दलको आन्तरिक कारणले ढिला भएको बताउँदै उपसभामुख चयनमा ढिला गर्न नहुने बताए। फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक प्रावधान अनुसार उपसभामुखको चयन प्रकृया चाँडो सुरु गर्न आग्रह गरे।

उनले उपसभामुखमा उम्मेदवारी दिने वियायमा कांग्रेसले अहिले सम्म केही नसोचेको बताए। अरु दलहरुपनि यसका लागि दावेदार रहेकाले सत्तारुढ दलले सोचेको निर्णय हुने उल्लेख गर्दै बडुले कांग्रेसले केही नसोचेको बताएका हुन्।

राष्ट्रिय जनता पार्टी (राजपा) राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले उपसभामुख कसलाई दिने भन्ने कुरा सरकारले निर्णय गर्ने बताए। अहिलेसम्म आफ्नो पार्टीलाई आधिकारिक रुपमा केही नभनेको उल्लेख गर्दै उनले सरकारले पार्टीलाई भनेको खण्डमा छलफल गरेर टुंगो लगाउने बताए। सरकारले उपसभामुख कसलाई दिने भन्ने कुरा स्पष्ट पारेपछि यो विषय टुंगो लाग्ने उनले बताए।

सभामुखमा सापकोटा निर्वाचित भएपनि उपसभामुखको विषयमा अहिलेसम्म कुनै प्रकृया अगाडि बढ्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .